• बुधबार, भाद्र ३१ २०८३

‘द कपिल शर्मा सो’ केही समय बन्द हुने


शनिबार, चैत्र १२ २०७८
1.1K
Shares

भारतीय टेलिभिजनबाट प्रसारण हुने चर्चित कमेडी रियालिटी सो ‘द कपिल शर्मा सो’ केही समयका लागि स्थगन हुने भएको छ। सोका होस्ट कपिल शर्मा एक महिनाका लागि अमेरिका–क्यानडा यात्रामा जाने भएका कारण त्यतिन्जेल कार्यक्रम प्रसारण नहुने भएको हो।

केही एपिसोड छायांकन हुन नसकेपछि केही समयका लागि सो स्थगन गर्नुपर्ने भएको होस्ट शर्माले जानकारी दिएका छन्। 

सोनी टेलिभिजनबाट प्रसारण सोका होस्ट शर्मा जुनको मध्यतिर अमेरिका–क्यानडा टुरमा जाने तयारीमा रहेको बलिउड हंगामाले जनाएको छ। यसअघि पनि कपिल शर्माले सो केही समयका लागि स्थगन गरेका थिए। उनी पछिल्लोपटक सन्तानको बुबा हुँदा उनले केही समय कार्यक्रम रोकेका थिए।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार