• बुधबार, भाद्र ३१ २०८३

पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाइते


शनिबार, चैत्र १२ २०७८
570
Shares

शनिबार पृथ्वी राजमार्गमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ।

६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ।

पाँच जनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताए।

बस सडकमै पल्टिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले सुचारू भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार