• बुधबार, भाद्र ३१ २०८३

आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना


शनिबार, चैत्र १२ २०७८
590
Shares

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १ तथा बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

राति प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने, बाँकी भू-भाग र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार