• बुधबार, भाद्र ३१ २०८३

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ


शुक्रबार, चैत्र ११ २०७८
655
Shares

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।

गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा)लाई दाउले प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी लक्ष्मीलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार