• बुधबार, भाद्र ३१ २०८३

पीएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य


शुक्रबार, चैत्र ११ २०७८
715
Shares

पपुवा न्यूगिनी(पीएनजी)ले नेपाललाई २९३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको हो। 

पीएनजीका कार्लोस अमिनीले सर्वाधिक ७७ रन जोडे। १०३ बलमा उनले ६ चौका र एक छक्का प्रहार गरे। 

यस्तै पीएनजीका कप्तान असाद भालाले  ६० रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ११ चौका हिर्काए। 

अन्त्यतिर आक्रामक ब्याटिङ गरेका नोर्मान भानिउले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७ रन जोडे। ओपनर टोनी उराउले ३८, रिले हिकुरेले ३१ रन थपे।  

नेपालका सोमपाल कामी, कमलसिंह र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। सोमपालले ९ ओभरमा ८१ रन खर्चिए।

उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रनमात्रै खर्चे। उनले एक ओभर मेडन राखेका थिए। त्यसबाहेक सन्दीप लामिछाने र पवन सर्राफले समान १–१ विकेट लिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार