• बुधबार, भाद्र ३१ २०८३

आजको विदेशी मुद्राको विनिमयदर कति ?


शुक्रबार, चैत्र ११ २०७८
630
Shares

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५० पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार