• बुधबार, भाद्र ३१ २०८३

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’


बिहिबार, चैत्र १० २०७८
625
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा आयोजना हुने भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्य र सेलिब्रिटी नेपालको आयोजनामा फेस्टिभल हुन लागेको हो । ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई फेस्टिभलमा सहभागी गराइने जनाइएको छ ।

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

सहभागी हुने फिल्मको दर्ता प्रक्रिया पनि आजदेखि सुरु भएको आयोजकले जनाएको छ । नेपाली फिल्मलाई ग्रामीण बजारमा लैजाने उद्देश्यले फेस्टिभल गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाए ।

गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्मले भाग लिने भएका छन् । जुरीले छानेका उत्कृष्ट फिल्मलाई पुरस्कृत समेत गरिने भएको छ ।

फिल्म निर्माता र दर्शकबीच अन्तरक्रिया गर्ने, फिल्म निर्माणबारे कार्यशाला चलाउने र सम्बन्धित फिल्मकर्मी तथा आमदर्शकबीच अन्तरक्रिया गरिने र गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप हुने समेत जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार