
नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ पनि ९९ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै बुधबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

