• बुधबार, भाद्र ३१ २०८३

स्कुल बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु


बिहिबार, चैत्र १० २०७८
535
Shares

पोखरा । पोखरामा स्कुल बससँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका– १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।

आज (बिहीबार) बिहान करिब ६ बजेतिर वाग्लेले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार