
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ ।
भारतको जमसेदपुरमा बुधबार भएको चौथो खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले बंगलादेशसँग ४–२ गोलले पराजित भएको छ ।
बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले एक गोल गरिन् ।
खेलको चौंथो मिनेटमै अमिशाले गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा बंगलादेशसँग पराजित भएको हो । नेपाल जितविहीन बन्दै बाहिरिएको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो ।
बंगलादेशले ३ खेलमा ६ अङ्क जोडेको छ । उपाधिका लागि भारत र बंगलादेश खेल्ने भएका छन् ।

