• बुधबार, भाद्र ३१ २०८३

बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ


बिहिबार, चैत्र १० २०७८
910
Shares

आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङबाट एक युवकलाई पक्राउ गरेको छ।

१२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।

प्रहरीले पीडित र आरोपी दुबैको नाम ठेगाना गोप्य राखेको छ। किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती किशोरले पाँच सय रूपैयाँको प्रलोभन देखाएर मोवाइलमा अस्लिल फिल्म देखाउँदै बहिनीलाई बलात्कार गरेका हुन्। 

बालिकाले घटनाको विषयमा आमालाई जानकारी गराएपछि आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले किशोरलाई पक्राउ गरेको हो।  

बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार