• बुधबार, भाद्र ३१ २०८३

यातायात कार्यालयहरूकाे सेवा आजदेखि सुचारु


बिहिबार, चैत्र १० २०७८
890
Shares

यातायात कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्।

सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो।

तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ।

सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले मात्रै सर्भर बन्द रहेको र आजदेखि नियमित काम गरिने बताए।

विभागले अनिश्चितकालका लागि यातायातका सेवा बन्द नरहेको बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार