• बुधबार, भाद्र ३१ २०८३

बेकरी बनाउन सिक्दै गोरखा नगरका महिला


बुधबार, चैत्र ९ २०७८
880
Shares

गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा महिलाहरुका लागि बेकरी तालिम सुरु भएको छ । उपप्रमुख सबल नेतृत्व बिकास कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका १०, ११ र १२ का महिलाहरुलाई उक्त तालिम दिइएको हो ।

गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उनले महिलाहरुलाई सिप सिकाएर ब्यवशायिक बनाउने योजना अन्तर्गत यो पनि माध्यम भएको बताइन् । नगरपालिकाले अन्य थुप्रै सिपमुलक तालिम संचालन गरिरहेको उनले बताईन् ।

१५ दिनसम्म संचालन हुने उक्त तालिममा १२ जना महिलाहरु सहभागी छन् । गोरखा नगरपालिकाको आर्थिक सहयोग र ह्वाईट हाउस क्याफे तथा बेकरी उद्योगको समन्वयमा उक्त तालिम संचालन भएको हो । तालिम उद्घाटन कार्यक्रममा गोरखा नगर कार्यपालिका सदस्य सावित्रा पुलामीले पनि मन्तब्य राखेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार