• बुधबार, भाद्र ३१ २०८३

मिलन पन्थ बने पुलिस अफ द मन्थ


बुधबार, चैत्र ९ २०७८
1.1K
Shares

गोरखा । उत्कृष्ट काम गर्ने मध्ये एक जनालाई हरेक महिना पुलिस अफ द मन्थ घोषित गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले फाल्गुन महिनामा मिलन पन्थलाई उत्कृष्ट घाेषित गरेकाे छ ।

प्रहरी नायब निरीक्षक पन्थलाई कार्यालयले मंगलबार ‘पुलिस अफ द मन्थ’ घोषित गरि पुरस्कृत गरेको हाे ।

कार्यालयले फाल्गुन महिनामा राम्रो काम गरेका पन्थलाई नगद सहित सम्मान गरेको जनाएको छ ।

गोरखा नगरपालिका १२ मा भएको हत्याको घटनामा राम्रो अनुसन्धान गरेको, कुखुरा किसानलाई डिजिटल तराजुमा ठगी गर्नेलाई पक्राउ गरेको लगायत समाजमा शान्ति सुरक्षा कायम राख्न राम्रो भुमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

पन्थलाई गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले मंगलवार पुरस्कार बितरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार