• बुधबार, भाद्र ३१ २०८३

आधा कराेड लगानीमा बन्यो सिद्ध लखन भ्यूटावर


मंगलबार, चैत्र ८ २०७८
1.2K
Shares

गोरखा । गण्डकी प्रदेश सरकारको ‘एक पालिका एक पर्यटकीय गन्तव्य’ कार्यक्रमअन्तर्गत गोरखाको शहिद लखन गाउँपालिकामा ५१ लाख रुपैया भन्दा बढीको लागतमा सुन्दर भ्यूटावर निर्माण सम्पन्न भएको छ।

प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयवासीसमेतको जनश्रमदानबाट भ्यूटावर निर्माण भएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।

धार्मिक पर्यटकको अत्यधिक सम्भावना रहेको शहिद लखन गाउँपालिकास्थित बक्रेश्वरी थानडाँडामा निर्माण गरिएको उक्त भ्यूटावरले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ।

शहीदलखन गाउँपालिका वडा नम्बर १ र २ को संगमस्थल बक्रेश्वरथान डाँडामा निर्माण भएकाे तीनतले भ्यूटावरको प्रदेश सांसद लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।

उक्त भ्यूटावरबाट मौसम सफा भएका बेला काठमाण्डौँको थानकोट, गोरखा बजार, आँबुखैरेनी, त्रिवेणी, कुरिनटार लगायत ठाउँको अवलोकन गर्न सकिन्छ । विसं २०७७ जेठ १२ गते निर्माण सम्झौता भएको उक्त भ्यूटावर गत असारमा निर्माण सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार