• बुधबार, भाद्र ३१ २०८३

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


मंगलबार, चैत्र ८ २०७८
500
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

सुनको मूल्य फेरि एक लाख प्रतितोला नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन फेरि आठ सय रुपैयाँ प्रतितोला बढेर १ लाख ३ सय रुपैयाँ पुगेको हो।

तेजाबी सुन पनि ९९ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुन ९९ हजार ५ सय र तेजाबी सुन ९९ हजार प्रतितोला मूल्यमा कारोबार भएको थियो।

चाँदी पनि २० रुपैयाँले महंगो भएको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार