• बुधबार, भाद्र ३१ २०८३

लाप्राकमा धार्चेले बनायाे इमानसिंह गुरुङको शालिक


मंगलबार, चैत्र ८ २०७८
965
Shares

गोरखा । गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमान सिंह गुरुङको शालिक अनावरण गरिएको छ । धार्चे गाउँपालिकाको आयोजनामा लाप्राकमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शालिकको अनावरण गरेकाे गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङ्गले जानकारी दिए ।

सन २००५ अक्टोबर २० मा कङगारु हिमालमा हिम पहिरोका क्रममा गुरुङको मृत्यु भएको थियो । सो घटनामा सात जना फ्रान्सका नागरिक र ११ जना नेपालीले ज्यान गुमाएका थिए ।

उक्त टोली गुरुङ मुख्य माउन्टेनियरिङ गाइडको भूमिकामा थिए । साथै गुरुङले आठ हजार मिटरका सगरमाथा, छोयु हिमाल, आम्दब्लाम हिमाल र हिमलुङ हिमाल आरोहण गरिसकेका थिए भने भने ६ हजार मिटर माथिका धेरै हिमाल आरोहण गरिसकेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार