• बुधबार, भाद्र ३१ २०८३

गण्डकीमा २४६ को परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण


सोमबार, चैत्र ७ २०७८
875
Shares

पछिल्लो २४ घण्टामा गण्डकीका थप ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका दुई जिल्ला कास्की र स्याङ्गजाका छन्। जसमध्ये कास्की जिल्लाका २ जना र स्याङ्गजा जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८० पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप १३ जना कोरोना मुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ४७९ पुगेको छ। भने, गण्डकीमा हाल ३५ सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार