• बुधबार, भाद्र ३१ २०८३

अभिनेत्री प्रियंका कार्की सीआईबीको अनुसन्धानमा


आइतबार, चैत्र ६ २०७८
1.2K
Shares

अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो।

अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ। केही समयअघि सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार