• बुधबार, भाद्र ३१ २०८३

गण्डकीमा ११५ जनाको परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि


आइतबार, चैत्र ६ २०७८
630
Shares

पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका दुई जिल्ला कास्की र म्याग्दीका छन्। जसमध्ये कास्की जिल्लाका ३ जना र म्याग्दी जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप ५ जना कोरोना मुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ४६६ पुगेको छ। भने, गण्डकीमा हाल ४५ सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार