
पोखरा । कास्की प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका -२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमार रहेका छन्।
प्रहरीका अनुसार काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बा ३ ख ८६२१ नंवरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


