• बुधबार, भाद्र ३१ २०८३

कार्यालय समयमा सरकारी कर्मचारीलाई मोबाइल फोन चलाउन नदिन अदालतले दियो आदेश


आइतबार, चैत्र ६ २०७८
620
Shares

सरकारी कर्मचारीहरूले कार्यालय समयमा मोबाइल फोन चलाएर बस्नु अहिले सामान्य कुरा बनेको छ । तर, दक्षिण भारतको मद्रास उच्च अदालतले कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ ।

अदालतले यसबारे नियम बनाउन भनेको छ । न्यायाधीश एसएम सुब्रमण्यमले कार्यालभित्र मोबाइल फोन प्रयोग गर्नु र भिडियो खिच्नु अनुचित भएको टिप्पणी गरेका छन् । उनका अनुसार सरकारी विभागहरूमा कार्यरत अधिकारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि कार्यालयभित्र मोबाइल फोन चलाउन दिइनु हुँदैन ।

अत्यावश्यक परेका बेला वरिष्ठहरूबाट अनुमती लिएर मात्रै फोन गर्ने वा उठाउने गर्नुपर्छ । न्यायाधीश सुब्रमण्यमको रायमा कर्मचारीले कार्यालय प्रवेश गरेपछि मोबाइल फोन कि त स्विच्ड अफ गर्नुपर्छ वा भाइब्रेसनरसाइलेन्ट मोडमा राख्नुपर्छ ता कि छेउका कर्मचारी वा सेवाग्राहीलाई कुनै डिस्टर्ब नहोस् ।

यसलाई उनले सरकारी कार्यालहरूमा पालना गरिनुपर्ने सामान्य अनुसाशानका रूपमा अथ्र्याएका छन् । कार्यालयभित्र मोबाइल क्यामरा बारम्बार प्रयोग गर्दा सरकारी निकायको सेवाप्रवाहमा अवरोध पुग्ने र त्यसले गडगडी निम्त्याउने सुब्रमण्यमको ठहर छ ।

तसर्थ, राज्य सरकारले यस विषयमा गम्भिर चासो दिन आवश्यक रहेको र कार्यालय समयमा सबै कर्मचारीका मोबाइल फोनहरू एक ठाउँ (क्लोकरुम) मा राख्नुपर्ने भन्दै सबै निकायमा सर्कुलर वा निर्देशन जारी गर्न उनले आदेश दिएको द हिन्दुले जनाएको छ । सरकारी कार्यालयमा मोबाइल फोनको प्रयोगसम्बन्धी आवश्यक कार्यविधि बनाइनुपर्ने र त्यो पालना नगरे अनुशासन तोडेको मानिने न्यायाधीशले बताएका छन् ।

टीरुची भन्ने ठाउँकी सरकारी कर्मचारी, डीएस राधिकाले दायर गरेको निवेदनको सुनुवाई गर्दै अदालतले यस्तो निर्देशन दिएको हो । कार्यालय समयमा बारम्बार मोबाइल फोन प्रयोग गरेको र सहकर्मीको भिडियो खिचेकाले निम्लबनमा परेपछि राधिकाले अदालतमा मुद्दा हालेकी थिइन् । अदालतले यथाशीघ्र छानबिन गरी निष्कर्ष निकाल्न अधिकारीहरूलाई निर्देशन दिँदै राधिकाको निवेदन खारेज गरिदिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार