• बुधबार, भाद्र ३१ २०८३

लाइसेन्स परीक्षामा खुल्यो नयाँ रहस्य : ट्रायल फेल भएपनि १२ हजार रुपैयाँ दिए पास


आइतबार, चैत्र ६ २०७८
650
Shares

काठमाण्डौ। काभ्रे घर भएका एक युवा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि राजधानी नजिकैको जिल्लाबाट गत कार्तिकमा लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा दिन यातायात व्यवस्था कार्यालय, चावहिल आए । उनको आउनजान गरेर झण्डै २० हजार खर्च भयो । ति युवालाई आशा थियो सवारी चालक अनुमतिपत्रको परीक्षा निष्पक्ष हुन्छ ।

तर उनले यसको ठिक उल्टो दृश्य देखे । बिहान १० बजे यातायात व्यवस्था कार्यालय चावहिलमा लिखित परीक्षाको टोकन लिनका लागि गएका उनी बेलुकासम्म लाइनमै उभिए ।

उनले बिहान १० बजे देखि बेलुकी ४ बजेसम्म लाइनमा बस्नु पर्यो । बल्ल उनको पालो आयो तर त्यहाँ उनको आँखाअगाडि यस्ता दलालहरु देखिए जसले त्यतिखेरै गएको मान्छेलाई पनि ५०० रुपैयाँ दियो भने टोकन दिइरहेका थिए ।

दलालहरुले त्यो दिन भन्दा अघि नै त्यहाँका कर्मचारीहरुसँगको सेटिङमा धेरै टोकनहरु एकैपटक लिएर आफूसँग राख्ने र कमाउ धन्दाका लागि बेच्ने गरेको त्यहाँ उपस्थित एक युवाले बताए ।

लाइसेन्सको प्रयोगात्मकमा झनै खतरनाक दृष्य लिखित परीक्षाको केही दिनपछि प्रयोगात्मक परीक्षा थियो । त्यो दिन लाइसेन्सको प्रयोगात्मकमा फेल भएपनि पास गरिदिने दलालहरूको त्यहाँ बिगबिगी थियो । उनीहरुको खुल्लमखुल्ला भनिरहेका थिए, ‘१२ हजार रुँपैया दिनुस् म पास गराइदिन्छु ।’

एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा न्यूज भण्डारललाई भने, ‘त्यहाँ खुल्लमखुल्ला दलालहरुलाई आइरहेका थिए हामीलाई १२ हजार रुँपैया दिनुस् दिनु तपाईं ट्रायलमा फेल भएपनि हामी पास गराईदिन्छौ ।’

उनीहरूको त्यहाँ बार्गेनिङ चलिरहेको थियो । त्यहाँ त्यस्ता दलालहरु धेरै देखिन्थे । ‘यहाँको सिस्टम नै यस्तै छ यसरी जसले ट्रायल पास गर्न सकेन ती व्यक्ति पनि पैसा दिएर पास हुन सक्छ भन्ने प्रमाण आँखै अगाडि देखियो तर मैले त्यसरी पैसा दिएन, मैले सोचें कि म आफ्नी प्रयासमा म ट्रायल पास हुन सक्छु’ उनले भने ।

यातायात व्यवस्था कार्यालयमा देखिएको यस्तो घटनाले अयोग्य र असक्षम व्यक्तिहरुलाई पनि लाइसेन्स वितरण गर्ने गरेको भित्री रहस्य खुल्न गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार