• बुधबार, भाद्र ३१ २०८३

गोरखा लिग फुटबलकाे उपाधी सतिपिपललाई, हरमटारी उपविजेता


शनिबार, चैत्र ५ २०७८
870
Shares

गोरखा । गोरखा जिल्ला लिग फुटबलको उपाधि सतिपिपल क्लवले जितेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा भएको प्रतियाेगितामकाे फाइनलमा हरमटारी क्लवलाई २–१ गोल अन्तरले हराउदै सतिपिपल क्लबले उपाधि जितेको हो ।

लिग च्याम्पियन सतिपिपलले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उसले गण्डकी प्रदेश स्तरीय लिग खेल्ने अवसर पनि पाएको एन्फा गोरखाका महासचिव बिशाल गुरुङले बताए ।

प्रतियाेगितामा उपबिजेता बनेकाे हरमटारी क्लवले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । ए पोलबाट लिग बिजेता हरमटारी र बी पोलबाट बिजेता सतिपिपल बीच फाईनल खेल भएको थियो ।

गोरखा नगरपालिका १० स्थित छेपेटार मैदानमा भएकाे प्रतियाेगिता फागुन २१ गते सुरु भएकाे थियाे । प्रतियोगितामा एन्फा गोरखामा आवद्ध बिभिन्न ११ टिम सहभागी थियो ।

एन्फाले फेयर प्लेको उपाधि नगद पाँच हजार सहित च्याङ्ली स्पोटर्सलाई दिएको छ । सर्वोत्कृष्ट खेलाडी हरमटारी क्लवका सुदीप क्षेत्री घोषित भए भने उत्कृष्ट गोलरक्षक सतिपिपल क्लवका रबिन गुरुङ घोषित भए ।

मिल्ड फिल्डर हरमटारीका बिप्सन गुरुङ, स्टाईकर सतिपिपलका सन्तबहादुर तामाङ र उत्कृष्ट डिफेन्डर सतिपिपलका प्रज्वल देवकोटा घोषित भए । उनीहरुले क्रमशः ३५ सय नगद सहित प्रमाण पत्र र मेडल पाए ।

प्रतियाेगिताकाे फाइनलपछि पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ, एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कडेंल लगायतकाे उपस्थिती रहेकाे एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार