
गोरखा । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य चयन भएका छन् । आचार्य सन २०२२/२०२३ को अध्यक्षमा चयन भएको लायन्स क्लब अफ गोरखाले जनाएको छ ।
क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा भगवानबाबु मास्के, सुजन कुँवर, अयोध्या जोशी, सचिवमा शरद श्रेष्ठ चयन भएका छन् । त्यस्तै गरी कोषाध्यक्षमा गोविन्द गुरुङ चयन भएको क्लबले जनाएको छ ।
त्यस्तै मेम्बरसीप चियरपर्सनमा सन्जय अधिकारी, क्लव सर्भिसमा दिपक श्रेष्ठ, क्लव मार्केटिङ कम्युनिकेशन चिफ पर्सनमा शिवध्वज खत्री, क्लव एडमिनीस्टेूटरमा शित्तलकाजी मास्के, एलसिआईएफ चेयरपर्सनमा योङकुमार श्रेष्ठ, क्लव डाइरेक्टरमा अन्जित कुमार श्रेष्ठ र अच्युतलाल श्रेष्ठ र लियो सल्लाहकारमा श्यामबाबु श्रेष्ठ चयन भएको क्लबले जनाएको छ।


