• बुधबार, भाद्र ३१ २०८३

नेपाल आज यूएईसँग खेल्दै


शुक्रबार, चैत्र ४ २०७८
1.5K
Shares

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ। नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल सुरु भएको हो। 

यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ।

७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक हात पारेको छ।

यो सिरिजको बाँकी सबै खेल जित्ने हो भने नेपाल लिगको तेस्रो स्थानमा आउन पुग्नेछ।

जारी सिरिजमा यूएई र नेपाल दुवैले पीएनजीमाथि जित हात पारेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार