• बिहिबार, असोज १ २०८३

गीताको मायाले दोधारमा परे पुष्प


शुक्रबार, चैत्र ४ २०७८
710
Shares

अमेरिकामा रहेर गायनमा निरन्तर लागि रहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् ।

यस्तैमा रानीको स्वर रहेको नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगाना रोमान्टिक अन्दाजमा देखिएका छन् ।

मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा पुष्प र गीता एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार