• बुधबार, भाद्र ३१ २०८३

गण्डकीका मुख्यमन्त्रीको दाबी : ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’


शुक्रबार, चैत्र ४ २०७८
2.3K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् ।

कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजनाबारे गण्डकी र लुम्बिनीका नेताहरू विभाजित भइरहँदा मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीलाई नै विश्वसम्पदा सूचीमा राख्ने दाबी गरेका हुन् । मुख्यमन्त्री पोखरेल स्याङ्जाको चापाकोट नगरपालिका-८, खोरियाघाटमा एक धार्मिक समारोहमा बोल्दै थिए ।

पोखरेलले कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा राख्न युनेस्कोसँग समन्वय थालिसकिएको जानकारी गराए । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले बताए।

पोखरेलले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरूले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए ।

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनको भनाइ थियो कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ ।

त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक र सामाजिक साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए ।

गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको भनाइ राखे । दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्ड सम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।

स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए । स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुल तथा ज्याग्दीखोलामा समेत पुलको योजना आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता पनि जनाए ।​

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

पौडेल भन्छन् : आयोजना कुनै हालतमा रोकिँदैन
यो आयोजनाबारे गण्डकी र लुम्बिनीका नेताहरू पक्ष-विपक्षमा विभाजित भइरहँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा नरोकिने बताउने गरेका छन् ।

नेकपा (एमाले) बुटवलले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना पूरा भएरै छाड्ने बताएका थिए । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको प्रसङ्ग उल्लेख गर्दै उनले यो आयोजना बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको उनले दाबी गरेका थिए ।​​

उनले कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने योजना एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले चर्चा गरेको भन्दै त्यसैलाई एमालेले पछ्याउँदै कालीगण्डकीको पानी तिनाउमा ल्याउने जिकिर गरेका थिए ।

आयोजनाको डीपीआर सकिएको बताउँदै केही संकिर्ण व्यक्तिले मुद्दा हालेकाले केही समय काम रोकिएको उनको आरोप लगाए । पौडेलले कालीगण्डकीको पानी ल्याउँदा राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने जिकिर गर्दै रिढी र रुद्रबेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त विद्युत उत्पादन केन्द्र निर्माण हुने जिकिर गरेका हुन् ।रातोपाटीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार