
यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको छ ।
भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । ३५ औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।
खेलको ४२ औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेश ४–१ को अग्रता बनाएको थियो ।

