• बुधबार, भाद्र ३१ २०८३

झण्डै ४ लाख नगदसहित गोरखाबाट १९ जना जुवाडे पक्राउ


शुक्रबार, चैत्र ४ २०७८
840
Shares

गोरखा । झण्डै ४ लाख नगद सहित गोरखाबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट बुधबार राती १ बजे तीनलाख ९० हजार आठसय ४० रुपैयाँ नगदसहित प्रहरीले कौडा खेलिरहेका १९ जना जुवाडेलाई पक्राउ गरेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय जौवारीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साैरपानी स्थित सिता आले मगरको घरमा कौडा खेलिरहेका उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएकाे बताइएकाे छ ।

पक्राउ पर्नेहरुमा भिमसेन थापा गा.पा.५ का ६० वर्षीय बुद्धि प्रसाद पोखरेल, बारपाक सुलिकोट गा.पा. ४ का ४९ वर्षीय बिर बहादुर गुरुङ, सोहि वडाका ३८ वर्षीय लाल बहादुर गुरुङ, भिमसेन थापा गा.पा. ५ का ६८ वर्षीय राम प्रसाद पौडेल, सोहि वडाका ४५ वर्षीय होम बहादुर सार्की, ३६ वर्षीय कमल ब. सुर्खेती, २९ वर्षीय रन्जन पोखरेल रहेका छन् ।

सिरानचोक गा.पा. ९ का २५ वर्षीय मंगल बि.क., बारपाक सुलिकोट. ३ का ५७ वर्षीय धन ब. तामाङ, भिमसेन थापा गा.पा. ५ का २९ वर्षीय सन्तमान गुरुङ, सोहि वडाका ६२ वर्षीय कृष्ण श्रेष्ठ, अजिरकोट गा.पा. ४ का ७० वर्षीय रत्नमान गुरुङ, धार्चे गा.पा. ४ का ७० वर्षीय तिजमान गुरुङ, बारपाक सुलिकोट २ का ७५ वर्षीय फेन बहादुर घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भिमसेन थापा ७ का ४२ वर्षीय राम बहादुर बराम, अजिरकोट गा.पा. ३ का ३२ वर्षीय बिष्णु अधिकारी, बारपाक सुलिकोट ३ का १९ वर्षीय बिशाल आले, भिमसेन थापा ५ का २१ वर्षीय प्रेम कुमार श्रेष्ठ र अजिरकोट गा.पा. ९ बस्ने बर्ष ६३ को शुक ब. घलेलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अधिकारीले जनाएकारी दिए ।

उनीहरुको साथबाट १६ थान कौडा समेत बरामद गरिएको उनले बताए ।

बिहिवार बिदा परेकाले मुद्धा दर्ता गर्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार