• बुधबार, भाद्र ३१ २०८३

भान्जीलाई करणी गरेको आरोपमा गोरखामा मामा पक्राउ


बिहिबार, चैत्र ३ २०७८
610
Shares

गोरखा । भाञ्जीलाई जबरजस्ती करणी गरेकाे आराेपमा गोरखामा मामा पक्राउ परेका छन् । १३ वर्षिय भाञ्जीलाई करणी गरेको आरोपमा गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका २९ बर्षका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

ति पुरुषले फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जाहेरी दिएपछि मुद्धा दर्ता भएको हो ।

उनि बिरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनकाे म्याद थरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार