
पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३ जिल्लाका छन्। जस अन्तर्गत कास्कीका २ जना, नवलपुरका एक जना र म्याग्दी जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ।
आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९७० पुगेको छ ।


