• बुधबार, भाद्र ३१ २०८३

दोहोरो नागरिकता लिने एक महिला गोरखाबाट पक्राउ


बुधबार, चैत्र २ २०७८
1.3K
Shares

गोरखा। झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिने एक महिला गोरखाबाट पक्राउ परेकी छिन्।

काठमाण्डौ महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ बर्षीय पुजा ढकाललाई उक्त अभियोगमा गोरखाबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ढकालले २०६७ साल मंसीर ८ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पूजा ढकालको नाममा पहिलो नागरिकता लिएको र गाईने सार्कीलाई बाबु बनाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट पूजा गैरे सार्कीको नाममा २०६७ साल मंसीर २८ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

जिल्ला अदालत गोरखाले उनीविरुद्ध ७ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार