
ग्यास्ट्रिक र अल्सर
पेट दुख्ने , पेट फुल्ने, पेट असजिलो हुने , मुख नमिठो हुने , खाना न पच्ने, खान साथ् दिसा लाग्ने , केही चिज खाएपछि अमिलो डकार आउने या छातीको विचतिर दुख्ने , धेरै पेटका समस्या लिएर बिरामी हस्पिटल , क्लिनिक मा आउनु हुन्छ । यस्तो समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौ। तर सबैमा ग्यास्ट्रिकको लक्षण एउटै प्रकारको हुँदैन ।
अल्सर हुँदा दुखाइ बढेर आउने,खाली पेट बस्न नसक्ने, खायो कि पेट दुखि हाल्ने र कसै कसैलाई बान्ता हुने,खान मन न लाग्ने , समस्या बढ्दै जाँदा दिसा कालो पनि हुन सक्दछ । ग्यास्ट्रिक र अल्सरलाई सामन्य भाषामा येसरी पनि बुझ्न सकिंछ । ग्यास्ट्रिक – बिरामीले समस्या लिएर आउने तर ईन्डोस्कोपी गर्दा घाउ नदेखिएको अवस्था ।अल्सर – बिरामीले समस्या लिएर आउने र ईन्डोस्कोपी गर्दा घाउ देखिएको अवस्था।

यसो भनि रहंदा पेट को हरेक समस्या ग्यास्ट्रिक र अल्सर मात्र हुँदैनन् ।


४. कब्जियत : यो समस्या आजभोली धेरै युवा वर्गमा देखिन लागेको छ ।दिसा खुलेर न हुने , दिसा बस्न समय लाग्ने , दिसा गरिसके पछि पनि पेट असजिलो दिनभर भइरहने । कति बिरामीहरु मल द्वार बाट दिसा गरेको अन्तिम मा रगत छड़किये जसरि दिसा मा रगत देखियो पनि भन्नु हुन्छ । मलद्वार बाट दिसा मा रगत आयो भन्दैमा सबै एस्तो समस्या पाइल्स को भने हुँदैन । कब्जियात हुँदा , दिसा सारो हुँदा, मलद्वार को पातलो भित्रि छाला मा सारो दिसले घस्रण गर्दा दिसाको अन्तिम समयमा रगत देखा पर्न सक्छ ।सबै पेट को रोग ग्यास्ट्रिक हुँदैन भने जस्तै दिसामा रगत देखिन साथ् सबै लाई पायेल्स नै भएको हो पनि भनि हाल्नु मिल्दैन । दिसामा रगत देखिने पायेल्स बाहेक धेरै कारण छन् र हुन्छन पनि । दिसा मा रगत देखिंदा पायेल्स भनेर घरेलु उपचार गर्ने भन्दा पनि डाक्टर लाई देखाएर उपछार गर्दा उचित हुन्छ। पानि कम पिउँदा , चिल्लो खान , मासु , फ्राई गरेको खाँदा यी समस्या बढी देखा पर्ने गर्दछन । पानि बढी पिउने , हरियो साग सब्जी बढी खाने । माथि उल्लेखित कुरा को कम प्रयोगले यो समस्या बाट टाढै रहन सकिन्छ ।

युवा पुस्तामा यी पेट क समस्याहरु ;ग्यास्टिक , अल्सर , .जि.इ.आर.डी- ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज (रिफ्लक्स) , आइ बी यस ( इरिटेबल बावल सिन्ड्रोम), कब्जियत किन बढ्दै छन् त ?
१.चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल , कलेज बाटै सुरुवात
२. जंक फूड ,चिल्लो , अमिलो , पिरो, अजिनो मोटो राखेको खाजा ,चट्पट , पानीपुरी , दालमोठ , चाउचाउ, तेलमा, घिउमा फ्राई गरेको , तारेको, पकौरा , समोसा , निम्किन , चकलेट ,चना , केराउ , कोक नै स्थाही खाजा को रुप लिनाले
३. अफिस मा काम गर्ने , बाहिर काम मा हिंड्नु पर्ने हरु खाली पेट बढी बस्ने , खानपिन को ख्याल नराख्ने , समयमा खान खाजा नखाने ,घर बाहिर बढी खाजा खाने , खाजा राम्रो नखाने
४. दुइ छाक टन्न खाने – यसले २४ घण्टा लाई टार्न खोज्ने , तर दिउँसो खाजा नखाने।
५. दुध चिया बढी खाने , कफी खाने चलन अहिले युवा वर्ग मा बढेको पाइन्छ
६. चकलेट ,कोक , फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग
७. साँझ बाहिर र चिल्लो ,चप्लो , रातो मासु , तेलमा, घिउमा फ्राई गरेको ,तारेको माछा मासु फ्राई गरेको बढी खाने , रक्सि को बढी प्रयोग आदि । घर बाहिर बढी खाने चलन ।

यस्तो तरिकाको खानपानले पनि हाम्रो समाज मा अहिले को अवस्था मा युवा बर्गमा पेट को समस्या बढ्दै गैरहेको छ । के खाने के नखाने , त्यो बुझ्नु आवस्यक त छ । साथ साथमा निम्न कुराहरुमा पनि ख्याल राख्नु उत्तिकै आवस्यकता छ ।
पानि बढी पिउने , हरियो साग सब्जी , तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने , ३/४ घण्टा को फरकमा केहि खाई रहने । खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने । माथि उल्लेखित कुरा को कम प्रयोगले यो समस्या बाट टाढै रहन सकिन्छ । नेपालदुतबाट
