• मंगलबार, साउन १२ २०८३

कोरोनाको अर्काे नयाँ भेरिएन्ट ‘डेल्टाक्रोन’ देखापर्‍यो


बुधबार, चैत्र २ २०७८
820
Shares

कोरोना भाइरसको अर्काे नयाँ भेरिएन्ट देखापरेको छ।अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार अमेरिका र फ्रान्समा ‘डेल्टाक्रोन’ नामको नयाँ भेरिएन्ट फेला परेको हो। 

साइप्रसको एक प्रयोगशाला (ल्याब) मा गरिएको अनुसन्धानले यसअघि देखिएका ओमिक्रोन र डेल्टा भेरिएन्टसँग मिल्दोजुल्दो भेरिएन्ट ‘डेल्टाक्रोन’ पुष्टि भएको हो। 

यसले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने अनुसन्धानकर्ताहरूले बताएका छन्। 

मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यही भेरिएन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको थियो। 

स्काई न्युजका अनुसार हालसम्म दुई जना अमेरिकी नागरिकमा डेल्टाक्रोनको संक्रमण पुष्टि भएको छ भने अन्य धेरै जनामा योसँग मिल्दाजुल्दा लक्षण देखिएका छन्। 

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले आफ्नो देशको एक नागरिकमा डेल्टा र ओमिक्रोन दुवै भेरिएन्टका लक्षण देखिएको जानकारी दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार