
सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँबाट तल झरेको छ। बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको हो।
मंगलबार छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो।
तेजावी सुन भने प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्यमा समेत गिरावट आएको छ। मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बुधबार १३७० रुपैयाँ कायम भएको हो।

