
सामान्यतया एक गीतको म्युजिक भिडियो छायाङ्कन भएर सार्वजनिक हुन २, ३ दिन लाग्छ । तर कीर्तिमानी गीतकार डा. डीआर. उपाध्यायको नयाँ गीत ‘सपनीमा आउँछ्यौ तिमी’ भने ३ घण्टामै छायाङ्कन, सम्पादन सकाएर युट्युबबाट सार्वजनिक भएको छ ।

मंगलबार शंखमुल स्थित युएन पार्कमा छायाङ्कन भएको भिडियो छायाङ्कन सुरु भएको ३ घण्टा भित्रै युट्युबमा आएको हो । विश्वमा यति छिटो भिडियो सार्वजनिक भएको पहिलो रेकर्ड भएको निर्माण टिमको भनाइ छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् ।
माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, शिलन लम्सालको सम्पादन छ । रमेश चन्द सोडारी र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियो दिनको ४ ः२१ मा सुरु भएको थियो, भने साँझ ७ ः२० बजे युट्युबबाट सार्वजनिक भएको थियो । भिडियो विश्व रेकर्डको उद्देश्यले त्यति छिटो निर्माण भएको हो ।
