• बुधबार, भाद्र ३१ २०८३

यी स्थानमा मेघ गर्जन चटयाङ सहित वर्षाको सम्भावना


बुधबार, चैत्र २ २०७८
875
Shares

देशका अधिकांश स्थानमा आज (बुधबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार