
साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ ।
भारतको जमसेदपुरमा मंगलबार घरेलु टोलीले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि भारत ७-० ले विजयी भयो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् ।
अब नेपालले दोस्रो खेलमा बिहीबार बङ्गलादेशसँग खेल्नेछ ।

