• बुधबार, भाद्र ३१ २०८३

गण्डकीमा ११४ जनाको परीक्षण गर्दा कास्कीका एक जनामा मात्र पोजेटिभ


मंगलबार, चैत्र १ २०७८
605
Shares

पछिल्लो २४ घण्टामा गण्डकीका थप १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा कास्की जिल्लाका एक जना छन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ४३२ पुगेको छ। भने, अहिले प्रदेशभर ६८ सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार