• बुधबार, भाद्र ३१ २०८३

कति पुग्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?


मंगलबार, चैत्र १ २०७८
695
Shares

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३५ रुपैयाँ ७६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार