• बुधबार, भाद्र ३१ २०८३

श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ


मंगलबार, चैत्र १ २०७८
910
Shares

आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वमा एक महिला पक्राउ परेकी छन् ।  बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले पक्राउ गरेको हो । 

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार