
सरकारले कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सूचना जारी गर्दै विद्यालयले लिने सबै परीक्षा वैशाखभित्र गर्न र नै नतिजा पनि बैशाखमै प्रकाशन गर्न निर्देशन दिएको हो ।


मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समय परिवर्तन भएको हो ।
केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।


यसका साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । भने, जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्नेछ ।

