• बुधबार, भाद्र ३१ २०८३

ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


मंगलबार, चैत्र १ २०७८
1.1K
Shares

मंगलबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार