
हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।
देशका अधिकांश स्थानको मौसम आज (मंगलबार) सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।


