
यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आज (मंगलबार) बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ ।
भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र भारतबीच आज बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।
नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनः भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

