यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली स्थगित गरेको छ ।
विभागले आज एक सार्वजनिक सूचना निकाल्दै अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलिबाट आवेदन स्थगित गरिएको जनाएको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन प्रणाली बन्द हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।