• आइतबार, कार्तिक १६ २०८३

दुई दिनमै सय करोड कमायो प्रभासको ‘राधेश्याम’ले


आइतबार, फाल्गुन २९ २०७८
595
Shares

‘बाहुबली’ अभिनेता प्रभास र अभिनेत्री पूजा हेजको नयाँ फिल्म ‘राधेश्याम’ ले दुई दिनमै सय करोड भारू कमाएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार राधेश्यामले शुक्रबार, रिलिज भएको दिन झन्डै ५० करोड भारू कमाएको थियो। शनिबार त्योभन्दा बढी कमाउँदै फिल्मले दुई दिनमा सय करोड कमाउन सफल भएको हो।

रिलिजकै दिन सबभन्दा धेरै कमाउने यो सन् २०२२ को हालसम्मकै पहिलो भारतीय फिल्म हो। त्यस्तै रिलिजका दिन सबभन्दा धेरै कमाउने १० फिल्मको सूचीमा राधेश्याम पर्न सफल भएको छ। राधे श्याम भारतीय सिनेमाकै महँगो मध्येको एक फिल्म हो। यो चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ।

राधे कृष्ण कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतीबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रभासले ज्योतिषीको भूमिका निर्वाह गरेका छन्।

सन् १९७० को दशकको कथा भन्ने फिल्ममा थोरै विज्ञानको कथा पनि छ। फिल्ममा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय छ। फिल्म रिलिज हुनुअगाडि नै दुई सय करोडभन्दा बढी कमाइसकेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार