• आइतबार, कार्तिक १६ २०८३

गण्डकीमा थप १० जना कोरोना संक्रमित थपिए, ५५ जना संक्रमणमुक्त


आइतबार, फाल्गुन २९ २०७८
600
Shares

पछिल्लो २४ घण्टामा गण्डकीका थप १० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ४ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६ जना, नवलपुरका एक जना, पर्वतका एक जना र स्याङ्गजा जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ३९३ पुगेको छ। भने, अहिले प्रदेशभर १०० सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार