• बुधबार, भाद्र ३१ २०८३

श्रीलंका संयुक्त ११ सँग नेपाल पराजित


आइतबार, फाल्गुन २९ २०७८
1.2K
Shares

श्रीलंकामा अभ्यास गरिरहेको नेपाली क्रिकेट टोली चौथो अभ्यास खेलमा शुक्रबार पराजित भएको छ।

श्रीलंका संयुक्त ११सँगको खेलमा नेपाल ९२ रनले पराजित भएको हो। श्रीलंकाका स्टार खेलाडीले भरिएको श्रीलंका संयुक्त ११ ले पहिला ब्याटिङ गर्दै ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो।

श्रीलंका संयुक्त ११ लाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३र३ विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १र१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले भने ३५ ओभर २ बल खेल्दै १४० रन मात्र बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने कुशल भुर्तेल ३२ रन बनाएर आउट भए। रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १३ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार